काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको आरोप लाउनु भएको छ । देउवाले आज विज्ञप्ति निकालेर यो उल्लेख गर्नु भएको हो । सभापति देउवाले भन्नुभएको छ, ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ,’ ‘संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ ।’
उहाँले सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकोले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई आग्रह गर्नुभएको छ ।उहाँले सरकारी संयन्त्रको दुरूपयोग नगर्न समेत चेतावनी दिनु भएको छ । हालै प्रधानमन्त्रीलाई बुझाएको १५ बुँदे मागबारे देउवाले पुनः ध्यानाकर्षण गराउनु भएको छ ।