काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६ हजार ७ सय ३१ र एन्टिजेन विधिबाट २ सय ८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४ सय ल७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यही अवधिमा थप ७ हजार २ सय २६ जना निको भएका छन् । लगातार सङ्क्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । हिजो बुधबार पनि नयाँ सङ्क्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । नेपालमा हालसम्म सङ्क्रमितमध्ये ४ लाख १८ हजार ८ सय २९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७ दशमलव २ प्रतिशत रहेको छ । कोभिड–१९ बाट थप १ सय ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।काठमाडौं उपत्यकामा १ हजार ४ सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये काठमाडौंमा १ हजार १ सय ३९, ललितपुर २ सय ४१ र भक्तपुरमा १ सय १३ जना सङ्क्रमित थपिएका छन् ।