काठमाडौं – नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष समेत रहेका अधिवक्ता टिकाराम भट्टराईले संविधानले संसद बाहेक अन्त बजेट पेश गर्ने अधिकार नदिएकाले जेठ १५ गतेको बजेटका लागि अधिवेशन अनिवार्य भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘अधिवेशनको सिफारिस गर्ने अधिकार सभामुखलाई पनि छ । जेठ १५ गतेको बजेटका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्छ ।’
अधिवक्ता टिकाराम भट्टराईले सभामुखले संसद अधिवेशनका लागि सिफारिस गर्नुपर्ने बताउनु भएको छ । बिहीबार सभामुखले कानुनविद्हरुसँग गरेको छलफलमा भट्टराईले अधिवेशन बोलाउने अधिकार राष्ट्रपतिलाई मात्रै भए पनि सिफारिस गर्ने अधिकार सभामुखलाई समेत हुने सुझाव दिनु भएको हो ।