काठमाडौं– संसद विघटन विरुद्ध परेको रिटहरुको आज सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले संसदे विघटन सम्बन्धित सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन् ।

बिहीबार पूर्ण एकल इजलासको सुनुवाइपछि सबै रिटलाई प्रधानन्यायाधीशले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् । संवैधानिक इजलास पूर्वनिर्धारित दिन अर्थात् भोली शुक्रबार बस्दैछ ।