काठमाडौं– प्रतिनिधिसभा विघटन विरुद्ध आज सर्वोच्च अदालतमा भएको रिट सुनुवाईमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दावी गर्दै पुनस्र्थापनाको माग गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको आफ्नो रिटमाथि बिहीबार बहस गर्दै अधिवक्ता वीरभद्र जोशीले ‘मध्यरातमा समय नदिइ विघटन भयो । राष्ट्रपतिले भनेको मार्ग प्रशस्त के हो रु प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएँ भनेपनि स्पष्ट छैन । तसर्थ, प्रतिनिधिसभा पुनस्र्थापना होस्’ भन्ने माग दावी पेश गर्नुभयो ।

यस्तै अर्का अधिवक्ता तुलसी पराजुलीले पनि रिटमाथि बहस गर्दै ‘प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिइ राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको जिकिर गर्दै संविधानको ७६ को उपधारा ३ बमोजिम नियुक्तले ४ बमोजिम विश्वासको मत लिनुपर्नेमा उपधारा ५ मा जानु नै गैरसंवैधानिक छ’ भन्दै आफ्नो दावी प्रस्तुत गर्नुभएको छ । प्रधानन्यायाधीश चोलन्द्र समशेर जवराको एकल इजलासमा अहिले अजय बुढाथोकी लगायतका कानुन व्यवसायीहरुले रिटमाथि बहस गरिरहनु भएको छ ।