काठमाडौं– राजधानी लगायत देशका प्राय सबै क्षेत्रको मौसम परिर्वतन भएको छ । भारतको बङ्गालको खाडीमा रहेको ‘यास चक्रवात’ को प्रभावका कारण देशको हिमाली भागमा हिमपात हुनुको साथै अधिकांश भागमा वर्षा भएको छ । उपत्यका लगायत अधिकांश भू–भागमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कर्णाली प्रदेशको मौसममा सामान्य बदली रहेको महाशाखाले जनाएको छ । हिमाली र उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।