काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६ हजार ६ सय ७७ जनामा र ३ सय २२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६ हजार ७ सय १६ जना निको भएका छन् भने थप १ सय ४५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा १ हजार ४ सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसमध्ये काठमाडौँमा १ हजार १ सय ३९, ललितपुर २ सय ४१ र भक्तपुरमा १ सय १३ जना सङ्क्रमित थपिएका हुन् ।