काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनका रित्ता सिलिण्डरहरू ’होल्ड’ गरेर नराख्न सबैलाई आग्रह गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गरी मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले रित्तिएका सिलिण्डरहरू समयमै सम्बन्धित उद्योगहरूमा फिर्ता गर्न अनुरोध गर्नु भएको हो ।  
एउटा उद्योगका अक्सिजन सिलिण्डरहरू कतिपयले अन्तै पु¥याउन थालेको भन्दै त्यसो नगर्न पनि उहाँको आग्रह छ । उहाँले ’यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ’, उल्लेख गर्नुभएको छ । अक्सिजन सिलिण्डरहरू देशका दूरदराजमा वा व्यक्तिका घरहरूमा थन्किएर रहेमा अस्पतालहरूमा सघन उपचाररत सङ्क्रमितहरूलाई अप्ठ्यारो हुने भएकोले सबैलाई संवेदनशील बन्न मन्त्रालयको अपिल छ ।