काठमाडौँ – अहिले मुलुकभरको धेरै भागमा मौसममा देखिएको परिवर्तनले आंशिकदेखि बाक्लो वर्षा र हिमपात भएको छ । भारी हिमपातका कारण सगरमाथामा ठूलो हिमपात भएको छ । सगरमाथा आरोहणमा गएका आरोहीहरु भारी हिमपातका कारण तल २ नं वेस क्याम्पमा झरेर बसेको सगरमाथा वेसक्याम्पका अधिकृतले जानकारी दिएका छन् ।


अहिले प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली भएको छ । बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारतको बङ्गालको खाडीमा रहेको यास नाम गरेको चक्रवातको प्रभाव नेपालमा पनि परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।