काठमाडौं – देशको विकसित राजनीतिक घटनाक्रमलाई केन्द्रविन्दु बनाएन अहिले नेपाली काङ्ग्रेसको बैठक बसिरहेको छ । बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा वर्तमान केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बसिरहेको हो ।

हिजो मङ्गलबार सिंहदरबारमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । सोमबार संसद विघटन बदर र सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले सर्वाेच्च अदातलमा रिट हालेको थिए । सर्वोच्च अदालतका गर्ने फैसला र सम्भावित घटनाक्रमका विषयमा नेताहरुले कानुनविद्हरुसँग परामर्श गरेका थिए ।

काङ्ग्रेस सभापति देउवाले केन्द्रीय पदाधिकारी तथा केही आमन्त्रित पूर्व पदाधिकारीहरु समेत उपस्थित हुनेगरी बैठक बोलाउनु भएको थियो । बैठक अहिलसम्म चलिरहेको छ ।