काठमाडौं – जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे स्पष्टीकरण सोध्नु भएको छ । पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीको हस्ताक्षरबाट सोधिएको पत्रमा भनिएको छ, ‘केही दिनदेखि तपाईंको काम कारवाही र क्रियाकलापहरू जसपाको नीति एवं विधि विधान विपरित भइरहेको हुँदा कार्यकारिणी समितिको जेठ ८ गते सम्पन्न बैठकले तपाईंलाई स्पष्टीकरण सोध्ने निर्णय भएकोले तपाईंलाई पार्टी विधानको धारा ४९ मा भएको अनुशासनको कारबाहीसम्बन्धी व्यवस्थाअनुसार यो स्पष्टीकरण सोध्ने कार्य भएको छ । आजको मितिले तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन हुन अनुरोध छ ।’
राजेन्द्र महतोलाई सोधिएको ६ बुँदे स्पष्टीकरण यस्तो छ