काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुको बैठक सुरु भइरहेको छ । बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा वर्तमान केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बसिरहेको छ । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले बैठक बोलाउनु भएको हो । हिजो मङ्गलबार सिंहदरबारमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । 
१४६ सांसदको हस्ताक्षरसहित संसद विघटन बदर र सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सर्वाेच्चमा रिट हालेको थियो । मङ्गलबारको बैठकमा विपक्षी गठबन्धनका नेताहरुले कानुनविदहरुसँग छलफल गरेका थिए । अदालतमा रिट हालिएपछिका सम्भावित घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक राख्नु भएको हो ।