काठमाडौं– आज नेपालमा ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३ सय ६ जना र एन्टिजेन विधिबाट ६ सय ३० जनाको परीक्षण गर्दा आज ८ हजार ६ सय ३६ जनामा सङक्रमण पुष्टि भएको हो । आज कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ६ हजार ४ सय ४ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङक्रमणकै कारण १ सय ६९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
हिजो सोमबार देशभर ७ हजार ४ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो भने ७ हजार १ सय ३५ जना निको भएर डिस्चार्जका थिए । हिजो कोरोना भाइरसको सङ्क्रमण १ सय ८५ जनाले ज्यान गुमाएका थिए ।
अहिलेसम्म देशभर कोरोना भाइरसबाट सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या १ लाख १७ हजार २ सय ६१ पुगेको छ भने मृत्यु हुनेको सङख्या ६ हजार ७ सय पुगेको छ ।
हाल देशभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ भने निको हुनेको कुल सङ्ख्या ४ लाख ४ हजार ८ सय ८७ जना पुगेको छ । नेपालमा अहिलेसम्म २९ लाख ५८ हजार जनाभन्दा बढीको कोरोना परीक्षण भएको मन्त्रालयको मन्त्रालयले जनाएको छ ।