काठमाडौं । सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले देशको समसामयिक विषयमा छलफल गर्न पूर्वसभामुखको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री र राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा सभामुखको भूमिकाका विषयमा छलफल गर्न सभामुख सापकोटाले आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा पूर्वसभामुखहरुलाई बोलाउनु भएको हो ।

सभामुख सापकोटाका श्रीधर न्यौपानेले जनाए अनुसार समसमायिक विषयमा छलफल गर्न सभामुखले पूर्वसभामुखहरुको बैठक डाकेको जानकारी दिनुभएको हो । ‘सभामुखज्यूले प्रत्यरु रुपमा मानिस नै उपस्थित हुने गरी दिउँसो १ बजेका लागि नयाँ बानेश्वरमा बैठक डाक्नु भएको छ,’ प्रेस सल्लाहकार न्यौपानेले नवसञ्चार अनलाईनलाई जानकारी गराउनु छ ।
पूर्वसभामुख तारानाथ रानाभाट पोखरा हुनु भएकोले प्रविधिको प्रयोग गर्दै भर्चअल रुपमा सहभागी हुनुहुने छ । तर एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भने पार्टीकै कामको कारण आफु बैठकमा उपस्थित नहुने जानकारी गराउनु भएको छ । ‘बैठकबारे ढिला गरी सूचना आयो, मेरो अर्कै कार्यसूची बनिसकेकाले बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको छु । मैले अर्को दिन तपाईँसँग छुट्टै बसौंला भनेर सभामुखलाई भनेको छु’– भन्ने जानकारी गराएको सभामुख सापकोटाका प्रेस सल्लाहार न्यौपानेले बताउनु भयो ।
जे जस्तो जानकारी दिएको भएता पनि केही समयदेखि सभामुख सापकोटा र नेम्वाङका बीच सुमधुर सम्बन्ध छैन । पूर्वसभामुख नेम्वाङ प्रधानमन्त्री ओलीको विश्वास पात्र हुनुहुन्छ । पछिल्लो समय प्रधानमन्त्री ओलीका हरेक कदमलाई नेम्वाङले साथ दिंदै आउनु भएको छ । त्यसो त प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच ठूलो तिक्तता रहँदै आएको छ ।