नेपाल र गाम्बियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना भएका देशहरुमध्य गाम्बिया १७० औं देश बनेको छ ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि तथा राजदूत ल्याङ याबोउबीच कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको कुरा नियोगद्वारा आज जारी भएकोे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुवै देशका राजदूतले संयुक्त राष्ट्रसंघलाई यससम्बन्धी जानकारी गराउँदै संयुक्त पत्रसमेत लेखेका छन् । सनु १९६५ मा संयुक्त राष्ट्रसंघमा सदस्य बनेको पश्चिम अफ्रिकी देश गाम्बियाको क्षेत्रफल ११ हजार स्क्वायर किलोमिटर रहेको छ ।