काठमाडौं— सरकारले अमेरिका र बेलायतबाट कोरोना भाइरस विरुद्धको पोप खरिद गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अमेरिकाको जोन्सन एन्ड जोन्सनको ५० लाख र अक्सफोर्ड–अस्ट्राजेनेकाको ५० लाख गरी एक करोड खोप मात्रा खरिद गर्ने जनाइएको छ । खोप खरिदका लागि दुवै देशलाई पत्राचार भैसकेको छ ।

अमेरिकाबाट खरिद गर्ने भनिएको जोन्सन एन्ड जोन्सन खोपको नेपालको सन्दर्भमा कति उपयुक्त र प्रभावकारिता छ भन्ने बारेमा सरकारले कुनै जानकारी दिएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सोमबार पत्रकार सम्मेलनमाफत् अमेरिका, बेलायत, रुस, चीन र भारतसँग खोप ल्याउन पत्राचार गरेको जानकारी दिनुभएको थियो । तीन महिना पहिले भारतले नेपाललाई १० लाख मात्रा खोप अनुदान दिएको थियो । नेपालमा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने पहिलो राष्ट्र भारत हो ।

यसैगरी उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि नेपाललाई भेरोसिल नामक ८ लाख मात्रा खोप अनुदामा उपलब्ध गराएको थियो । नेपालले भारतसँग २० लाख मात्रा खोप खरिदको सम्झौता गरे पनि हालसम्म कोपको १० लाख मात्रा आइपुगेको छ । भारतीय सेनाले नेपाली सेनालाई एक लाख मात्रा खोप सहयोग गरेको थियो । यसको साथै नेपालले ३ लाख ४८ हजार खोप कोभ्याक्स सुविधाबाट पाएको थियो । त्यसबाहेक नेपालले अहिलेसम्म अरू खोप ल्याउन सकेको छैन ।