काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ८ सय ६ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २ सय ९८ र ललितपुरमा ६ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भने पीसीआर विधिबाट १९ हजार ८ सय ४६ र एन्टिजेन विधिबाट ६ सय ७ जनाको परीक्षण गर्दा ७ हजार ४ सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । 
यस्तै पछिल्लो २४ घण्टामा १ सय ८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५ सय ३१ पुगेको छ । यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४ सय ८३ पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय सङ्क्रमितको संख्या १ लाख १५ हजार ४ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितमध्ये ७ हजार १ सय ३५ जना निको भएका थिए ।