काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सङ्कटकाल लगाउन मन्त्रालय सकारात्मक रहेको बताउनु भएको छ । आज सोमबार मन्त्रालयको पत्रकार सम्मेलनमा उहाँले, ‘वर्तमान अवस्थामा देशमा स्वास्थ्य सङ्कट लगाउनुपर्ने विज्ञहरूको सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको बताउनुभएको छ ।’ उहाँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको श्वेतपत्र जारी गर्ने पनि बताउनु भएको छ । उहाँले स्वास्थ्य मापदण्डको पालनाबाटै नै  कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रण हुने भएकाले त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभएको छ  ।