काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको सार्वजनिक जानकारीमा यस्तो व्यवस्था गरिएको उल्लेख छ ।
अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छै एकसय रुपैयाँ जरिबाना लगाइने भएको छ ।

https://baahrakhari.com/uploads/editor/khop/189342420_496322338451813_4852757917937762996_n.jpg