काठमाडौं – आफूहरूले समर्थन गरेका प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नदिएर उल्टै प्रतिनिधि सभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका सांसद्हरु  सर्वोच्च अदालतमा रिट पेश गर्न पुगेका छन् । रिट निवेदनमा सनाखत गर्न १४६ सांसद अहिले सर्वोच्च अदालत परिसरमा लाइन लागेका छन् । नेकपा एमालेका सांसद झपट रावलले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न १४६ सांसदले हस्ताक्षर गरेको र उनीहरू अहिले आफ्नो सनाखत गर्न सर्वोच्चमा लाइन लागेको बताएका छन् ।