काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । विपक्षी गठबन्धनलाई सहयोग गरेको अभियोग लगाउँदै एमाले स्थायी कमिटिको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।
तर स्पष्टीकरणको जवाफ नदिने बरु कारबाही सहन तयार हुने निर्णय गरिएको माधव समूहका नेताहरुले बताएका छन् । स्पष्टीकरण सोधिएका नेताहरुबारे थप निर्णय लिन एमाले अध्यक्ष ओलीले आज सोमबार साँझ चार बजे स्थायी कमिटी बैठक बोलाउनु भएको छ । सो बैठकमा स्पष्टीकरण सोधिएका नेताहरुबारे आवश्यक निर्णय हुने नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।