काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट निवेदन दिनका लागि सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । विपक्षी गठबन्धनले सबै सांसदहरुको हस्ताक्षरसहित सबैको उपस्थितिमा सर्वोच्चमा रिट निवेदन दर्ता गर्ने तयारी गरिरहेको छ ।
गत बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा २७ जना अनुपस्थित भएका थिए । शुक्रबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै राष्ट्रपतिलाई सुझाइएको पत्रमा नेपाल पक्षका २७ जनाले हस्ताक्षर गरतो पनि रिट निवेदनमा हस्ताक्षर गर्ने भने जम्मा २५ जना पुगेको बताइएको थियो ।
त्यस्तै जसपाको उपेन्द्र यादव पक्षका १२ जना सांसदले रिट निवेदनमा हस्ताक्षर गरेको दाबी गरिएको छ । त्यस्तै नेपाली काङ्ग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जनमोर्चाका दुर्गा पौडेलले पनि देउवाको पक्षमा हस्ताक्षर गर्नु भएको छ । रिट निवेदनमा हस्ताक्षर गरेका सबै सांसदहरु सर्वोच्च गएका हुन् । रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २५ सांसदले हस्ताक्षर गरेको दाबी गरेको छ ।