काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । यसैगरी आज देशभर ७ हजार ९ सय १४ जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ९ सय ६५ पीसीआर र ९३१ एन्टिजेन परीक्षण भएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमणबाट पिडित हुनेको सङ्ख्या १ लाख १५ हजार ५ सय ४७ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९३ जनाको कोरोना भइरसको सङ्क्रमणबाटे मृत्यु भएको छ ।