काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताउनु भएको छ । आज बालुवाटारमा आयोजित सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो– विभिन्न मित्र राष्ट्र, खोप उत्पादकहरुसँग डिल गरिरहेका छौं । ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बञ्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ’ भन्दै उहाँले ‘सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो’ भन्नुभएको छ ।
जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागि परेको प्रधानमन्त्री ओलीले बताउनु भएको छ । तर जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने भन्दै उहाँले ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको छ । यो अभियानका पछाडि दूषित उद्देश्यका ब्लाकमेलरहरु छन् । जनता यसबाट अलमलिनु हुँदैन ।’