काठमाडौं – पछिल्लो २४ घण्टामा थप ७ हजार ९ सय १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९ सय ६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९ सय ३१ नमुना एन्टिजिन विधिबाट भएको छ । जसमा ७ हजार ५ सय ९८ जनाको पीसीआर विधि र एन्टिजिन विधिबाट ३ सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
पछिल्लो २४ घण्टामा १ सय ९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय ६४ जना निको भएका छन् । उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ७ सय ६१, भक्तपुरमा ३ सय ६६ र ललितपुरमा ६ सय ९४ गरी कुल २ हजार ८ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । 
 हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना  सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३ सय ४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १ सय ९८ जना रहेका छन् ।