काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काङ्ग्रेसलाई ‘प्रचण्ड पथ’ मा लागेको भन्दै कटाक्ष गर्नु भएको छ । काङ्ग्रेस प्रति लक्षित गर्दै प्रधानमन्त्रीले ‘कसले गराएको चुनावमा भाग लिने’ भन्दै ‘आफूले घोषणा गरेको चुनावमा भाग नलिने भए कसले चुनाव गराउनु पर्ने’ भनि प्रश्न गर्नु भएको हो ।

बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा ‘केपी ओलीले गरेको चुनावमा भाग नलिने ? कसले गरेको चुनावमा भाग लिने ? नेपाली काङ्ग्रेसलाई सरकार टिको लाएर दिएपछि चुनाव गर्ने ? आफैं प्रधानमन्त्री बनेपछि गर्ने ?’ प्रधानमन्त्रीको प्रश्न थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमा ‘असभ्य प्रचार गरेर जनतामा भ्रम फैलाउन खोजिएको’ भन्दै ‘प्रजातान्त्रिक भन्ने नेपाली काङ्ग्रेस पनि चुनावमा जान नखोजेको’ आरोप लगाउनु भयो । प्रधानमन्त्री ओलीले ‘नेपाली काङ्ग्रेसले ‘प्रचण्ड पथ’ मानेर सत्ता कब्जाको बाटोमा अघि बढेको भन्दै आफूलाई लोकतान्त्रिक दल भनिएको काङ्ग्रेसले गएको १ वर्षदेखि माओवादीसँग मिलेर सत्ता कब्जाको बाटोमा अग्रसर भएको’ जिकिर गर्नुभयो ।

नेपाली काङ्ग्रेस संसदीय दलको प्रमुख सचेत रहेकी नेता पुष्पा भुसालले ‘प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारले गरेको चुनावमा काङ्ग्रेस नजाने भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानमन्त्रीले पत्रकार सम्मलेनमा आपत्ति प्रकट गर्दै ‘काङ्ग्रेसको लोकतन्त्र त्यही हो’ भन्न भयो । माओवादीले हिंसात्मक रुपमा सत्ता कब्जा गरेर लोकतन्त्र समाप्त गर्न खोजेको, तर नसकेपछि अहिले बाटो बदलेर लोकतन्त्रको कुरा गर्न थालेको प्रधानमन्त्री ओलीको आरोप थियो ।