काठमाडौं – ‘कोरोना महामारीविरुद्ध नेपालमा रहेका स्वास्थ्य सामग्री र सरकारी सामर्थ्य अपर्याप्त हुनु स्वभाविक हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व तयारी नहुने गरेकै कारण यो महामारी हो’भन्नुभएको छ । ओलीले महामारीका बेला नेपालमा मात्रै नभई विकसित देशको प्रयास पनि अपर्याप्तत भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना महामारीविरुद्धको सरकारी प्रयास अपर्याप्त हुनलाई स्वभाविक मान्नु भएको छ ।
विकसित मुलुकमा पनि कोरोना महामारीका बेला पूर्व तयारी नभएका कारण समस्या उत्पन्न भएको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले रोकथामका लागि नेपालमा भएको प्रयास अपर्याप्त हुनु स्वभाविक रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो– ‘महामारी के हो भनेर हामीले बुझेको छौँ । ‘हामीले समयमै लकडाउनको विधि अपनायौँ । मास्क लगाउन र हात धुन सिकायौँ । यसै कारण धेरै विकराल ढङ्गले फैलिन पाएन ।’,अचानक आइलाग्ने महामारीको पूर्व तयारी हुँदैन, ‘विकसित देशमा पनि अपर्याप्तता भयो । अस्पताल बाहिर पाल टाँगेको हामीले देख्यौँ । घरमै तातोपानी खाएर बस भनेर विकसित देशले भन्नुप¥यो ।’
उहाँले शव व्यवस्थापनको विषय विकसित देशहरुमा पनि ठूलो समस्याका रुपमा खडा भएको बताउनुभयो ।‘मानिसहरुको निधन हुनुभन्दा पहिले खाल्डा खनेर ठिक पारिदिनुपर्ने अवस्थामा विश्व गयो । यस्तो अवस्थाको असर हाम्रो जस्तो स्वास्थ्य सामथ्र्य कम रहेको देशमा हुन्छ ।’ प्रधानमन्त्री ओलीले, ‘नेपालमा नकारात्मक असर पर्नु र मौजुदा सामर्थ्य भन्दा बाहिर रहनु अस्वभाविक होइन भन्नुभएको छ ।’उहाँले कोरोना सङ्क्रमण नियन्त्रणका लागि समयमै लकडाउनको विधि अपनाएका कारण क्षति कम भएको दाबी गर्नु भएको छ ।