काठमाडौं– निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामको पार्टी दर्ता भएको छ । एमालेका युवा नेता सङ्खुवासभाका जीवन राईको नेतृत्वमा नयाँ राजनीति दल दर्ता भएको होे ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनको औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट युवा नेता राईले आफ्नो नेतृत्वमा उक्त पार्टी दर्ता गर्नुभएको हो । उक्त पार्टीको महासचिवमा रौतहटका विनोद खुलाल रहेका छन् । बैशाख ७ गते दर्ता भएको यो दलले आफ्नो पार्टीको चुनाव चिन्ह कलम माग गरेको निर्वाचन आयोगले जनाएको छ ।
युवा नेता राईले बैशाख ७ गते केन्द्रीय कमिटीको सदस्यसहितको विवरण पेश गरेर दल दर्ता गर्न आवेशन पेश गरेको निर्वाचन आयोगले जनाएको छ ।