काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ८० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ८ हजार ८ सय ४८ जनाले कोरोना सक्रमणमुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २० हजार १ सय ५ जनामा गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १ सय २९ जनाले ज्यान गुमाएका छन् । 
   यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमित १ लाख १५ हजार ८ सय ६ जना रहेका छन्  भने निको हुने दर ७५.८ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमितको कुल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।