काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसनिकट नेविसंघले राष्ट्रपति भवन अर्थात् शीतलनिवास अगाडि विरोध प्रदर्शन गरेको छ । नेविसंघका नेता दुजाङ शेर्पाको नेतृत्वमा शीतलनिवास अगाडि प्रदर्शन गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै विद्यार्थी नेताहरू विरोधमा उत्रिएका हुन् । उनीहरूले राष्ट्रपतिबाट भएको असंवैधानिक कदम फिर्ता गर्नुपर्ने, राज्यले कोभिड नियन्त्रणमा ध्यान दिनुपर्ने, जनताको स्वास्थ्यको हक सुरक्षित गर्नेलगायतका माग गरेका छन् ।