काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले पुनः बदर गर्ने विश्वास व्यक्त गर्नु भएको छ । आज शनिबार नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सरकारले असंवैधानिक रूपमा संसद विघटन गरेकाले त्यसविरुद्ध आफूहरू अदालत जाने बताउनु भएको हो । अदालतबाट विगतको झैँ संसद विघटन सदर नहुने उहाँको भनाई छ ।
 ’यो कदम असंवैधानिक मात्र होइन, निरङ्कुश, स्वेच्छाचारी र प्रतिगमनकारी छ । यो कदमविरुद्ध सर्वोच्च जान्छौँ । हिजो १४९ जनाले दाबी प्रस्तुत गरेका थियौं, उहाँहरू सबैको हस्ताक्षरसहित सर्वोच्च जान्छौँ,’ प्रचण्डले भन्नुभएको छ । आज बसेको बैठकमा विपक्षी गठबन्धनले १ सय ४९ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च जाने निर्णय गरेका छन् । अदालतले लोकतन्त्र र संविधानको पक्षमै पुनः फैसला गर्ने उनको भनाइ थियो । विपक्षी गठबन्धनले १ सय ४९ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च जाने निर्णय गरेका छन् ।