काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताउनु भएको छ । उहाँले संविधानको हत्या गर्ने षड्यन्त्र अनुरुप सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः दोहोर्याएर प्रतिनिधिसभा भङ्ग गरेको आरोप लगाउनु भएको छ । 
उहाँले संसद् विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा समेत गर्नुभएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले गएराति प्रतिनिधिसभा भङ्ग गर्ने घोषणा गरेपछि त्यसको विरोधमा रहेका विपक्षी गठबन्धनको बैठकले संसद् विघटनलाई असंवैधानिक भएको ठहर गर्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।