काठमाडौं – मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै रुष्ट बनेका विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ । राष्ट्रपतिले मध्यरातमा उठाएको कदमका सम्बन्धमा समान धारणा बनाउनका लागि विपक्षी गठबन्धन छलफलमा जुटेका छन् ।