काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाउनु भएको छ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले माधव नेपाल पक्षमाथि कारबाही गर्न सक्ने कतिपयको अनुमान छ ।
    ओलीले पार्टीको उम्मेदवार हराउने कदम क्षम्य नहुने बताइसक्नु भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै उहमम्ले एमालेमा अनुशासन उल्लङ्घन गर्नेहरुमाथि कारबाही हुने जानकारी दिनुभएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पनि राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई भोट नदिने प्रदेश सांसदलाई कारबारी गर्ने प्रकृया सुरू गर्नु भएको छ  । त्यसको तयारीस्वरूप पौडेलले आज संसदीय बोर्डको बैठक बोलाउनु भएको छ ।