काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाँइ लड्ने बताउनु भएको छ । उहाँले काङ्ग्रेस पदाधिकारी बैठकले यसकै रोडम्याप तयार गर्ने बताउनुभयो । नेता पौडेलले दलहरूले बहुमतसहित प्रधानमन्त्रीमा दाबी गर्दा प्रतिनिधिसभा विघटन गर्ने काम जालसाजीपूर्ण रहेको बताउनु भएको छ । 
    काङ्ग्रेस वरिष्ठ नेता पौडेलले ‘मध्यरातमा संविधान र लोकतन्त्रमाथि जालसाजी रूपमा प्रहार भएको छ । नेपाली काङ्ग्रेसले यसको कानुनी उपचार खोज्छ । हामी पदाधिकारी बैठकमार्फत निर्णय लिन्छौँ,’ भन्नुभयो । अन्य दलसँगको सहकार्यमा प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने नेता पौडेलको भनाई छ ।