काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको गैह्र राजनीतिक, राजनीतिक असहिष्णुता र सम्वेदनहिन चरित्रले आज मुलुक द्वन्द्वको विभिषिका तिर धकेलिन पुगेको छ । शुक्रबार मध्यरातमा प्रधानमन्त्रीबाट गरिएको संसद् विघटनको सिफारिसलाई तुरुन्तै अनुमोदन गर्नु असंवैधानिक कदममात्र होइन, निर्लज्ज र निकृष्ठ कार्य होभन्दा अत्युक्ति नहोला ।
गरिमाय पदको ख्याल नगरी मध्यरातमा स्वेच्छाचारी र असंवैधानिक कदम चालेर विदेशी शक्तिकेन्द्रको स्वार्थका खातिर देशलाई द्वन्द्वतिर धकेल्नु क्षमा योग्य कदम पक्कै होइन । यतिखेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको राजनीतिक चरित्र निकृष्ठताको नमूनाका रुपमा नेपाली राजनीतिक इतिहासमा दर्ज हुन पुगेको छ । यी दुवै नेपाल राष्ट्र र नेपाली जनताका लागि अभिशाप सिद्ध भएका पात्र हुन् । यदी कुनै हदसम्म पनि सहिष्णुता, सांस्कारिक चरित्र, धैर्य, इमान्तादिता, कतव्र्य बोध र राजनीतिक चरित्र यी पात्रमा थियो भने आज देशमा राजनीतिक अस्थिरता उत्पन्न हुने अवस्था निश्चय नै आउँदैनथ्यो होला ।

देश कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । दैनिक दुई सयको हाराहारीमा उपचारको अभावमा बाँच्ने चाहनाको याचना गर्दागर्दै मृत्युवरण गरिरहेका छन् । तर सरकार कुम्भकर्ण झै कानमा ठेडि कोचर सत्ताको आहालमा ढुबुल्की मार्दै जनताले मृत्युवरण गरेको दृश्यमा रमिरहेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न उपचारको लागि भौतारिदा भौतारिदैं हजारौंले ज्यान गुमाएका छन् । मानवीय सम्वेदनता नभएको सरकारले महामारीको चपेटामा पिल्सिएका जनतालाई मध्यरातमा संसद् विघटन र निर्वाचनको घोषणा गर्नुको के अर्थ रहन्छ । मध्यावधी निर्वाचनको लागि लाग्ने खर्च कोराना भाइरस विरुद्धको कोप र सङ्क्रमित विरामीको लागि उपचारका लागि खर्च गरे जनताको माया आशीर्वादका हकदार पनि हुन सक्थे ।

सरकारले संसद्बाट मात्र होइन जनताबाट समेत विश्वासको मत गुमाएको छ । प्रधानमन्त्री ओलीले सत्ता र शक्तिको आडमा देशमा वितण्डता मञ्चाएको हरेक सचेत नागरिकले बुझेका छन् । देशको बौद्धिक समुदाय, नागरिक अगुवा, न्यायकर्मी, संविधानविद् जो कसैले पनि राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्ला कदमलाई संविधान सम्मत भनेका छैनन् । नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानलाई नै सिध्याउने रणनीतिक योजनाका पात्रका रुपमा स्थापित भएका छन् ।

अर्कोतर्फ, अन्य राजनीतिक दलहरु पनि यो घटनाका भागिदार निश्चय नै छन् । जब प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरे, त्यसपछि उनले चालेका असंवैधानिक कदमलाई सामान्य अभिव्यक्ति र वक्तव्यमै विरोध गरेर बसे । सरकारले अध्यादेश ल्यायो, संवैधानिक निकायहरुमा धमाधम नियुक्ति गरिए । फागुनमा ११ गते सर्वोच्च अदालतले जब संसद् पुनःस्थापना भयो, त्यसपछि राजनीतिक दलहरुले प्रधानमन्त्रीलाई च्यूत गर्ने वातावरणमा मिलाउनु भनेमा आ–आफैं पार्टीभित्रकै विवादमा रुपलिए । सबै पार्टी आन्तरिक विवादलाई थाति राखेर राष्ट्रिय समस्या बन्दै आएका राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशलाई अङ्कुश लगाने शस्त्र प्रयोग गर्न चुके । राजनीतिक दलहरुले कुटिल राजनीतिक चरित्र देखाउन नसकेको बुझेका चतुर खेलाडी ओलीले निरन्तर संविधानमाथि प्रहार गर्दै लगे र यो अवस्थासम्म पु¥याए ।

प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, माओवादी केन्द्रमा मात्रै पनि राष्ट्रपति र प्रधानन्यायाधीश उपर महाअभियोगको प्रस्ताव दर्ता मात्रै गरेको भएपनि एक हदसम्म प्रधानमन्त्री ओलीको अहङ्कार र दम्भमा ठेस लाग्न पुग्ने थियो । राजनीतिक दलहरुले केवल प्रधानमन्त्री ओलीले गरेका असंवैधानिक कार्य र ओलीलाई सत्ता च्यूत गर्ने खेलमा मात्रै केन्द्रीत हँुदाको दुष्परिणाम हो शुक्रबार मध्यरातको संसद् विघटन र मध्यावधी निर्वाचनको घोषणा । राजनीतिक दलका नेतृत्वले कुशल राजनीतिक चरित्र देखाउन सकेनन्, चुके । त्यसैको परिणति हो प्रधानमन्त्री ओलीको अहंकार र दम्म ।

प्रधानमन्त्री ओलीका कदम विरुद्ध सर्वोच्च अदालतमा जाने बाटो त खुला छ । तर अदालतले पनि न्यायीक निरुपण गर्छ भन्ने अवस्था देखिंदैन । वर्तमान संविधान र शासन प्रणालीका विरुद्धमा संविधानका रक्षकहरु नै लागेको अवस्थामा न्यायालयबाट ठूलो अपेक्षा गर्नु पनि व्यर्थ हुन सक्दछ । अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक कदम विरुद्ध दर्जन मुद्दा छन् । तर अदालत यी मुद्दालाई विभिन्न बहानामा लम्ब्याउने गरेको नजिरहरु छन् । नेपालको संविधान र शासन व्यवस्थाप्रति रक्षकले भक्षकपूर्ण कार्य गर्दै आएका छन् । साउथ ब्लकको डिजाइनमा नेपालको संविधानलाई प्रधानमन्त्रीले पटक पटक बलात्कृत गर्दै आएका छन् । यसैको निरन्तरता हो शुक्रबार मध्यरातको घटना पनि । संविधानको संरक्षक देशको सर्वोच्च निकाय, कार्यपालिका प्रमुख र न्यायालयको सेटिङ्गमा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नै सिध्याउने जुन खेल भैरहेको छ, इतिहासले त्यस्ता कुकर्म गर्नेहरुलाई कठघरामा पक्कै उभ्याउने छ ।