काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६ सय ७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ सय ७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि बिहीबार देशभर ८ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने १ सय ९० जनाको मृत्यु भएको थियो । यस्तै ६ हजार ५ सय ४३ जना सङ्क्रमणमुक्त भएका थिए ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ८ हजार ६ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ७ हजार ८ सय ९० जना सङ्क्रमणमुक्त भएका छन् ।काठमाडौँ– काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४७ कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ७ सय ५२, भक्तपुरमा २ सय ९५ र ललितपुरमा ४ सय जना सङ्क्रमित थपिएका हुन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ ।