काठमाडौं – विपक्षी दलका नेताहरु १ सय ४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावी सहित शीतलनिवास पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली एमालेका १ सय २१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन शीतलनिवास पुग्नु भएको छ । नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नुभएको छ ।अब राष्ट्रपतिले कसलाई मान्यता दिनेहोला भन्नेमा सर्वत्र चासोको विषय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले गएराति नै आफ्नो पक्षमा बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति समक्ष प्रस्तुत गरिसक्नु भएको थियो ।