काठमाडौं – सर्वोच्चले सांसद नै नरहेका ७ मन्त्रीलाई  पदबाट बर्खास्त गरेसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन रहेको ७ मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री केपी ओलीलाई नै दिनुभएको छ । राष्ट्रपति कार्यालयले आज शुक्रबार जारी गरेको विज्ञप्तिमा अदालतले दिएको अन्तरिम आदेशअनुसार मुद्दाको टुङ्गो नलाग्दासम्म प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले जिम्मेवारी तोक्नुभएको हो  ।