ललितपुर – ललितपुर महानगरले विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट मूल्याङ्कन गर्न निर्देशन दिएको छ । शुक्रबार शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले सूचना जारी गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्याङ्कनको आधारमा आएको नतिजा २५ गतेभित्र शिक्षा महाशाखामा पठाउन निर्देशन दिएका छन् ।
सूचनामा भनिएको छ विद्यालयले यसअघि लिएको परीक्षा, निरन्तर विद्यार्थी मूल्याङ्कन, आन्तरिक मूल्याङ्कन र अन्य बैकल्पिक विधिबाट विद्यार्थी मूल्याङ्कनको आधारमा र कक्षा ८ को विद्यार्थीको हकमा विद्यार्थीले प्राप्त गरेको विषयगत प्रयोगात्मक प्राप्ताङ्क समेत खुलाई तोकिएको एक्सेल सीटमा प्रविष्ट गरी जेठ २५ गतेभित्र शिक्षा महाशाखामा पठाउनुपर्ने छ । यसअघि विद्यालयले विद्यार्थी विवरण पठाएकै एक्सेल सीटमा उल्लेख भए बमोजिम विषयगत प्राप्ताङ्क –अङ्कमा) प्रविष्ट गरी पठाउन निर्देशन दिइएको छ ।