काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध १३ वटा रिट सर्वोच्चमा पेश भएको छ । विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको भन्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ बमोजिम बैकल्पिक सरकार गठन गर्न आग्रह गर्नु भएको छ । कानुन व्यवसायीहरुले सो कदम असंवैधानिक रहेको अभिव्यक्ति दिएका छन् । सो कदम सच्याउनुपर्ने माग गर्दै अधिवक्ताहरूले सर्वोच्चमा रिट लिएर गएका हुन् । सर्वोच्च प्रशासनले रिट दर्ता गरिसकेको छैन ।