काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मत र नयाँ सरकार गठन सम्बन्धी चालेको कदमलाई राष्ट्रिय जनमोर्चाले असंवैधानिक रहेको  र देशलाई मध्यावधिमा धकेल्न खोजेको आरोप लगाएको छ । यो ओलीको निकृष्ट तथा गैर जिम्मेवार कार्य भएको जनमोर्चाको भनाइ छ । 
    आफ्नो पदीय महत्वाकांक्षा पूरा गर्न प्रधानमन्त्री ओली देशको राष्ट्रियता, सार्वभौम सत्ता, अखण्डता, गणतन्त्र तथा जनताको स्वास्थ्यका विरुद्ध जुनसुकै प्रकारको सौदाबाजी गर्न पनि पछि हट्नुहुन्न भन्ने कुराको यो ज्वलन्त उदाहरण हो ।’राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘गणतन्त्र, देशको राष्ट्रियता तथा जनताको स्वास्थ्यका लागि केपी ओलीको राजीनामा वा बहिर्गमन अहिलेको मुख्य आवश्यकता बनेको छ । देशमा उत्पन्न अस्थिर राजनीतिक परिस्थितिका लागि ओली नै मुख्य रुपमा दोषी रहेका छन् ।’