काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न आव्हान गर्नु भएको छ । आज शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझाव दिनुभएको छ । उहाँले वैकल्पिक सरकार गठन गर्न नसके आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्न दलहरूलाई आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘वैकल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ, ‘कि राष्ट्रिय सरकार बनाऔँ सबैको सहयोगमा कोभिड–१९ का विरुद्ध लडौँ ।’ उहाँले आफूले वैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान आग्रह गर्नुभएको छ । आफ्नो च्वाइस आफ्नै नेतृत्वको सरकार रहेको भन्दै ओलीले हुँदै नभए संसद विघटनको बाटोमा जानसक्ने सङ्केत समेत व्यक्त गर्नु भएको छ ।