काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको आह्वान गरेपछि विपक्षी दलहरु छलफलमा जुटेका छन् । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी नेताहरुको बैठक बोलाइएको हो । बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवासमा पुगिसकेका छन् । माओवादी केन्द्रले आजै दिउँसो पार्टीको स्थायी कमिटि बैठक पनि बोलाएको छ । यो बैठकमा जसपाका नेताहरु र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बोलाइएको छ ।