काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्न लाग्नु भएको छ । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेका बेला अकस्मात ओलीले पत्रकार सम्मेलन बोलाउनु भएको हो । पत्रकार सम्मेलन साढे अहिले मध्यान्न १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिनुभएको छ । आकस्मिक पत्रकार सम्मेलनको विषय भने खुलाइएको छैन ।