काठमाडौं – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेपछि एमाले माधव नेपाल समूहका नेता भीम रावलको प्रतिक्रिया आएको छ । उहाँले नेपालको संविधानको धारा ७६ (४) ऐच्छिक नभइ बाध्यकारी भएको भन्दै यसलाई छल्न नमिल्ने बताउनु भएको छ ।
    नेता रावलले ट्वीट गर्दै भन्नुभएको छ–‘नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय हो । यसलाई कुर्सीको खेलसँग कदापि जोड्नु हुन्न । नागरिकताबारे संविधान सभामा धेरै बहस भइ संविधानमा लेखिएको भन्दा फरक किसिमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ ।’