काठमाडौं – बिहीबार राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधानमाथि फेरि अर्को प्रहार भएकाले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र बचाउन बैठक बस्दै छ । प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उपधाराको उलङ्घन गरेर नयाँ सरकार गठनका लागि सुरु गरेको प्रक्रियालाई विपक्षी दलहरुले असंवैधानिक भन्दै चर्को विरोध गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको यो कदमपछि विपक्षी दलहरु भावी रणनीति बनाउन आपत्कालिन छलफलमा जुटेका छन् ।
 काङ्ग्रेसले सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पुर्व पदाधिकारीहरूको बैठक बोलाएको छ भने माओवादीले पनि बैठक बोलाउने तयारी गरिरहेको छ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको बैठक सकिएलगत्तै माओवादीले पार्टीको छुट्टै र काङ्ग्रेससँग संयुक्त छलफल गर्ने तयारी गरेको छ । विपक्षी दलहरु बीच ‘के गर्ने ? कसरी अघि बढ्ने भनेर आन्तरिक छलफल भइरहेको छ । आन्तरिक छलफल पछि  के गर्ने भन्ने टुङ्गो लाग्छ’, माओवादीका स्थायी समिति सदस्य लीलामणि पोखरेलको भनाई छ ।