काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गर्नु भएको छ । ‘लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँ ! आजै गरौं, अहिल्यै गरौं !’ डा. भट्टराईले ट्वीटमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।
संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न हो भन्दै डा.भट्टराईले जे गरेर संविधान र लोकतन्त्रको रक्षा हुन्छ त्यही गर्न सबै सरोकारवालाहरुसँग चिन्ता व्यक्त गर्नुभएको छ ।उहाँले ट्वीट गर्दै भन्नुभएको छ– विपी पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने छ !