काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बुधबार ८ हजार १ सय ७३ मा सङ्क्रमण पुष्टि हुनुका साथै २ सय ४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९ सय ८९ जना सङ्क्रमण मुक्त भएका थिए । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ४३ जना सङ्क्रमणमुक्त भएका छन् ।
 यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ । यस्तै निको भएकासहित कुल सङ्क्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ । मन्त्रालयले आजसम्म देशभर सक्रिय सङ्क्रमित १ लाख १५ हजार ८ सय ५२ नाघेको जनाएको छ भने मृतकको कुल संख्या ५ हजार ८ सय ४७ पुगेको छ । बितेको २४ घण्टामा २२ हजार ८७ जनामा कोरोना परीक्षण भएको थियो ।