काठमाडौं – आजै सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा खिमलाल देवकोटासँग नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल पराजित हुनुभएको छ । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल हुनुभएको छ । स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै प्राप्त गर्नु भएको थियो । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाउनु भएको छ । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।